दफा २६२
संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्ने

(१) संयुक्त सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्नु पर्ने भएमा सबै स्वामित्ववालाले गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सबै स्वामित्ववाला उपलब्ध नभएमा कुनै स्वामित्ववालाले आफ्नो वा अन्य स्वामित्ववालाको तर्फबाट कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ ।